दोलालघाटबाट नदीमा हेलिएका दम्पतीमध्ये तिलकुमारीको शव सुनकोशीमा फेला
annapurnapost.com · Sun Aug 09 13:00:51 GMT 2026

ओखलढुङ्गा: काभ्रेको भुम्लु गाउँपालिका–८ दुलालेश्वर महादेव मन्दिर नजिकबाट नदीमा होमिएका भनिएका दम्पतीमध्ये वृद्धाको शव फेला परेको छ। मण्डनदेउपुर नगरपालिका–७ का ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित हर्कपुरको सुनकोशी किनारमा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशी नदीमा फेला परेको शवको हुलिया काभ्रेमा आफन्तलाई पठाइएको थियो। आफन्तले शव पहिचान गरेको उनले बताए। बेपत्ता आफन्तलाई शवको फोटो पठाउँदा पुष्टि भएको प्रहरी निरीक्षक राईले बताए। थप पुष्ट्याईंका लागि तीलकुमारीका आफन्तहरू शव भेटिएको ठाउँतिर गएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)