मिथिलामा बढ्यो ‘दशहरा’को चहलपहल
nagariknews.nagariknetwork.com · Sun Oct 11 02:23:51 GMT 2026

चन्द्रमासले आज असोज शुक्लपक्षको प्रतिपदा तिथि। नेपालीको राष्ट्रिय चाड दसैँ आज सुरु हुँदैछ। महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहरा (शारदीय नवरात्र) भनिने यो पर्वले जताततै चहलपहल बढाएको छ।
आज शारदीय नवरात्र (दशहरा)को घटस्थापना विधिका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरैजसो देवी आराधनाका मङ्गलधून मिथिला क्षेत्रमा बज्न थालेका छन्। मैथिल जनबोलीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वको पहिलो दिन नै मिथिला क्षेत्रमा देवी दुर्गाका महिमा गानका भजन गुञ्जन थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)