नवरात्र : नौ रात, एउटै यात्रा
gorkhapatraonline.com · Sun Oct 11 02:34:39 GMT 2026

नवरात्र आउँछ घरमा घटस्थापना हुन्छ, मन्दिरमा घण्टी बज्छ, बजारमा रौनक बढ्छ, जमरा उम्रिन्छ र देवीको नाममा दीप बल्छ । केही दिनका लागि हामी आफूलाई अलि बढी धार्मिक, अलि बढी संस्कारी र अलि बढी सदाचारी देखिन थाल्छौँ । सामाजिक सञ्जालमा शुभकामनाका बाढी आउँछन्, मन्दिरमा भिड बढ्छ, घरमा पूजा बढ्छ; मानौँ देवीको आगमनसँगै हाम्रा सबै दुर्गुणले पनि बिदा लिइसके तर देवी फर्किएपछि ? हामी पनि फेरि उही पुरानै हामी–क्रोधमा उदार, अहङ्कारमा आत्मनिर्भर, व्यवहारमा असहिष्णु र अवसर पाएपछि आफ्नै धर्मको व्याख्या आफ्नै सुविधा अनुसार गर्ने ।