उङ्गिलुङ खोला किनारको गोठमा रहेका ४ जना सम्पर्कबिहीन, मोटरेबल र झोलुङ्गे पुलसमेत बगे
annapurnapost.com · Sun Oct 11 02:31:34 GMT 2026

काठमाडौं : गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकीमा आएको बाढीमा परेर ४ जना बेपत्ता भएका छन्। उङ्गिलुङ खोला किनारमा रहेका ४ वटा गोठ बसेका ४ जना बेपत्ता भएका हुन्। चुमनुब्री गाउँपालिका -६ का उनीहरु गोठमा रहेको र हाल सम्पर्कबिहीन भएको स्थानीय होटल व्यवसायी गोपाल लामाले जानकारी दिए।
आरुघाटको सोतीबाट मान्बु जोड्ने मोटरेबल पुल,धार्चे गाउँपालिकाको दोभानबाट हुल्चुक जोड्ने बेलिब्रिज र माछा खोला झोलुङ्गे पुल, ठाडो भर्याङको झुलुंगे पुल, खोर्लाबेशी झोलुङ्गे पुल समेत बगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)