गोरखामा फेरि थुनियो बूढीगण्डकी नदी
reportersnepal.com · Sun Oct 11 02:39:37 GMT 2026

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदी पुनः थुनिएको छ। नदीमा पछिल्लो १५ मिनेटदेखि जलप्रवाह नदेखिएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
यसअघि आएको बाढीले गाउँपालिकाका विभिन्न बस्तीमा ठूलो क्षति पुर्याएको थियो। पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ भने दोभान, घट्टेखोला, जगत् र सल्लेरीलगायतका गाउँमा व्यापक क्षति पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)