भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वमन्त्री जोशीलाई उन्मुक्ति, अब जेल बस्नु नपर्ने
nagariknews.nagariknetwork.com · Sun Aug 09 13:10:26 GMT 2026

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेल सजाय भुक्तान गर्न नपर्ने भएको छ।
सर्वोच्च अदालतले दुई वर्षअघि नै जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिवाना तोकेको थियो। तर ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा माग गर्दै उनी शुक्रबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतका तीन न्यायाधीशको इजलासले बहुमतका आधारमा उनलाई जेल बस्न नपर्ने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)