हवाई सुरक्षामा कहिले जिम्मेवार बन्ने ?
annapurnapost.com · Mon Jan 16 00:27:00 GMT 2023
यसै त नेपाली आकाश असुरक्षित भनेर ‘प्रचार’ गरिन्छ। त्यसमाथि बर्सेनि ‘शृंखलाबद्ध’ हवाई दुर्घटना। हवाई दुर्घटना न्यूनीकरण हुनुको सट्टा बढ्दै गएपछि मुलुकको हवाई क्षेत्रमाथिको प्रश्न मेटिने कुरै भएन। युरोपेली युनियन (ईयू) ले नेपाललाई ‘कालोसूची’ बाट हटाएको छैन। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ‘असुरक्षित’ भनिरहेकै छ।
विज्ञहरूका अनुसार मानवीय त्रुटि, भौगोलिक वनावट, प्रतिकूल मौसम, पर्याप्त सूचनाको कमी, पुराना जहाजमा आधुनिक उपकरणको जडान नहुनु हवाई दुर्घटनाका मुख्य कारण हुन्। तर यस विषयमा न त सरकारले प्रभावकारी अनुगमन गर्छ, न त विज्ञहरूका सुझाव कार्यान्वयनमा निजी हवाई कम्पनी नै अघि सर्छन्। उल्टै निजी कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धा र पुराना जहाजको बाहुल्यका कारण पनि दुर्घटनाको ‘रेसियो’ बढेको बढ्यै छ। जस्तोसुकै प्रतिकूल मौसममा पनि जहाज उडाउन प्रेसर दिने, उडान सम्पादन कार्यको संवेदनशीलता र चुनौतीलाई ध्यान नदिने गलत चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)