आठसय १७ जनाले शल्यक्रियामार्फत पाए आँखाको ज्योति
gorkhapatraonline.com · Mon Jun 08 17:55:36 GMT 2026

कोहलपुर नगरपालिकाद्धारा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा जाँच तथा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरहरुबाट ८ सय १७ जनाले गुमेको आँखाको ज्योति पाएका छन् ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यका अनुसार नगरपालिकाले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका विशेषज्ञ चिकित्सकलाई कोहलपुरमा बोलाएर निःशुल्क आँखा जाँच तथा निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर गरेपछि उहाँहरुले गुमेको आँखाको ज्योति पाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)