अर्घाखाँचीमा निःशुल्क आँखाको मोतिया विन्दुको शल्यक्रिया
rajdhanidaily.com · Wed Feb 28 23:29:34 GMT 2024
अर्घाखाँची । अर्घाखाँचीमा २ दिनमा ९५ जनाको आँखाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । केहि वर्षदेखि आँखा नदेखि घरमै बस्तै आएका यहाँका स्थानीयले बाहिरी संसार देख्दा निकै खुशी भएका छन ।ति मध्येका मालारानी गाउँपालिका वडा नम्बर ६का उमेरले ७५ काटेका रामबहादुर थापाले एउटा आँखाले देख्न छोडेको २३ महिना भएको थियो । शल्यक्रिया गरेर आँखा देख्दा निकै खुशी भएका छन ।
उनी मात्र हैन सन्धिखर्क नगरपालिका वडा नम्बर ११ का ९१ वर्षिय धन बहादुर कुँवरले पनि शिविरमा आँखाको शल्यक्रिया गरेपछि निकै उत्साहित भए।कान कम मात्र सुन्ने उनी ५ वर्ष देखि एउटा आँखाले नदेखेका उनी आँखा देख्न थालेपछि उनिमा खुशीको सिमा रहेन । र प्युठानको झिमरुक गाउँपालिकाकी ६७ वर्षकी खुमकला पुन मगरले पनि धेरै वर्ष पछि बाहिरी संसार देख्न पाउँदा निकै भइन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)