इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित
kendrabindu.com · Sun Oct 11 03:08:46 GMT 2026
काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथविरुद्ध ५–१ को सहज जित दर्ता गरेको छ । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन जोर्डन हेन्डरसन र जोआओ पेड्रोले दुई–दुई तथा मोर्गन रोजर्सले एक गोल गरे । बर्नमाउथका लागि इभानिल्सनले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमै हेन्डरसनको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । एक मिनेट पनि बित्न नपाउँदै रोजर्सले टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुआतमै पेड्रोले गोल गर्दा चेल्सी ३–० ले अगाडि बढ्यो । ५१औँ मिनेटमा इभानिल्सनले बर्नमाउथका लागि सान्त्वना गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)