जलवायु संकट, सामूहिक जिम्मेवारी र सहकार्य
baahrakhari.com · Sun Oct 11 03:08:00 GMT 2026

गत असोज महिनामा भएको संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, नेपालका प्रधानमन्त्री बालेन शाहलगायत विश्वका अन्य सरकार प्रमुखहरूले जलवायु परिवर्तनको मुद्दालाई सशक्त रूपमा उठाउँदै जलवायु न्यायका पक्षमा वकालत गरे । उनीहरूले भोटेकोसीको बाढी र यसले पुर्याएको अकल्पनीय क्षतिलाई जलवायु सङ्कटको प्रारम्भिक सङ्केतका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
सन् २०१४ मा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालमा लेखेको एउटा सन्देश अहिले पनि उत्तिकै चर्चित र सान्दर्भिक छ । उनले लेखेका थिए -“जलवायु परिवर्तनको मार खेप्ने हामी पहिलो पुस्ता हौँ र यसबारे केही गर्ने अन्तिम पुस्ता ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)