भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो
barnanmedia.com · Sun Aug 09 13:43:45 GMT 2026

बाँकेको राप्ती सोनारी गाउँपालिका-९ का बासिन्दालाई हरेक वर्ष सास्ती दिँदै आएको भक्ताखोलालाई नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।
‘असार-साउन सुरु हुनासाथ भक्ताखोलामा आउने बाढीले उठिबास लगाउने चिन्ताले सताउँथ्यो । तर, यो वर्षको वर्षायाम भने ढकेरीबासीका लागि फरक हुने भएको छ’, ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले भने ‘दशकौँदेखि स्थानीयलाई सास्ती दिँदै आएको भक्ताखोलालाई अन्ततः इञ्जिनियरिङ र बलियो स्थानीय इच्छाशक्तिको बलमा बस्तीभन्दा टाढा, जङ्गल क्षेत्रमा थुनेर नयाँ निकास दिएपछि डुबानको त्रास हटेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)