जेनजी विद्रोहको मूल मुद्दा संविधान संशोधन होइन, भ्रष्टहरूमाथि कारबाही हो
barnanmedia.com · Sat Oct 04 22:59:29 GMT 2025

जेनजी विद्रोहले राजनीतिक परिदृश्यमा व्यापक थलपुथल ल्याइदिएको छ । युवा पुस्ताले भ्रष्टाचार, नातावाद र आफन्तवादविरुद्ध आवाज इतिहासमै सबैभन्दा मुखर रुपमा उठाएका छन् । उनीहरूको मूल माग स्पष्ट छन्– भ्रष्टाचारीहरूलाई कडा कारबाही गरियोस्, शासनप्रणाली पारदर्शी होस् र जनताका आवश्यक सेवाहरूमा सुधार होस् ।
तर विद्रोहको सफलतासँगै के–के विकल्पहरू उठिरहेका छन् भन्ने कुरा पनि गम्भीर सावधानीपूर्वक हेर्न जरुरी छ । हाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिजस्ता उपायहरू बारेमा बहस चलेको छ र केहीले संविधान संशोधन वा संविधान खारेजीसम्मको प्रस्ताव उठाइरहेका छन् । यी प्रस्तावहरु झट्ट हेर्दा आकर्षक लागे पनि प्रकारान्तरले यी हामीलाई मूल मुद्दाबाट विचलित गराउने खालका छन् । भ्रष्टाचारको समाप्ति र शासन सुधारको मुद्दाबाट विषयान्तर गराउनुका साथै मुलुकलाई नयाँ प्रकारको अस्थिरताको गर्तमा मुलुकलाई लैजाने प्रपञ्चअनुसार पनि यो मुद्दा कतैबाट घुसाइएको हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)