आईसीसी विश्वकप लिग-२ : क्यानडाको सामना गर्दै नेपाल
kendrabindu.com · Sun Oct 11 03:17:52 GMT 2026
काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम एकदिवसीय शृंखलाको पहिलो खेलमा आज क्यानडाको सामना गर्दै छ । खेल ओमानको अल अमिरेट्स क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान ११:१५ मा सुरु हुनेछ ।
नेपाल क्यानडाविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छ । यता, क्यानडा पनि पहिलो जितको खोजीमा हुनेछ । क्यानडाले शृंखलाको पहिलो खेलमा घरेलु टोली ओमानसँग ४१ रनको हार व्यहोरेको थियो ।