कोशीमा १३ भाषालाई सरकारी कामकाजको मान्यता
kendrabindu.com · Sun Oct 11 03:28:05 GMT 2026

विराटनगर । कोशी प्रदेशसभाले नेपालीबाहेक प्रदेशमा बोलिने १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था समेटिएको विधेयक सर्वसम्मतिले पारित गरेको छ । अब प्रदेशको भाषिक विविधताअनुसार मातृभाषालाई सरकारी कामकाजमा समेट्ने कानुनी आधार तयार भएको छ ।
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा प्रदेशभित्र एक प्रतिशतभन्दा बढी जनसंख्याले बोल्ने १३ भाषालाई समेटिएको छ । विधेयकअनुसार मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाल भाषालाई तिनका मौलिक लिपिमा सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)