हरि ढकालको टिप्पणी : मृगले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य सामाजिक सञ्जालमा देखेँ
nepalpress.com · Sun Aug 09 14:04:21 GMT 2026

काठमाडौँ । रास्वपा सांसद तथा राज्य व्यवस्था समितिका सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन हुनुपर्ने भनेर आज दिएको अभिव्यक्ति निकै विवादित बन्यो । अहिले साँझ उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्नो अभिव्यक्तिको पुष्ट्याइँ गर्ने प्रयास गरेका छन् ।
ढकालले आज नेपालमा सिंह नपाइने भएकाले सिंहदरबारको नाम परिवर्तन हुनुपर्ने राय व्यक्त गरेका थिए । पछिल्लो स्टाटसमा उनले आफ्नो अभिव्यक्तिमाथि भएका आलोचनालाई ईंगित गर्दै ‘मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य सामाजिक सञ्जालमा देखेको’ टिप्पणी गरेका छन् । सिंहदरबारको स्वभाव सिंहजस्तो हुनुहुँदैन भन्ने सन्दर्भमा आफूले बोलेको उनको प्रष्टोक्ति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)