इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा सहर खाली गर्न गर्याे आग्रह
barnanmedia.com · Wed Jul 10 21:24:07 UTC 2024

इजरायली सेनाले गाजा शहरका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै बासिन्दाहरूलाई उत्तरमा तीव्र सैन्य कारबाहीका बीच खाली हुन आग्रह गरेको छ।
विमानबाट खसेका पर्चाहरूले सबै बासिन्दाहरूलाई सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न आग्रह गरे। संयुक्त राष्ट्र संघले गाजामा दिइँदै आएको निकासी आदेशप्रति अत्यन्तै चिन्तित रहेको बताएको छ । युद्ध सुरु भएपछि गाजा सहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)