बूढीगण्डकी बाढीले सोती र मान्बु जोड्ने मोटरेबल पुल बग्यो
himalpress.com · Sun Oct 11 03:34:14 GMT 2026

पोखरा-
आइतबार बिहान गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ। चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदीबाट आएको बाढीले विभिन्न स्थानमा क्षति पुर्याएको हो।स्थानीयले रसुवाको भोटेकोशी बाढीझैँ आएको भन्दै सामाजिक सञ्जालमा सन्त्रास व्यक्त गरेका छन्। नेपाल प्रहरीले तल्लो तटीय क्षेत्रहरुमा सतर्क रहन सूचना जारी गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)