तपाईंले गर्ने गालीगलौजपूर्ण कमेन्टबाट झन् धेरै पैसा कमाउँछन् सोसल मिडियाका कन्टेन्ट क्रियटर
techpana.com · Sun Aug 09 14:07:07 GMT 2026

काठमाडौं । कल्पना गर्नुहोस्, तपाईं फेसबुक वा टिकटक स्क्रोल गरिरहनु भएको छ । अचानक एउटा यस्तो भिडिओ तपाईंको अगाडि आउँछ, जसले तपाईंको भावनामा गहिरो चोट पुर्याउँछ वा तपाईंलाई असाध्यै रिस उठाउँछ । तपाईंलाई लाग्छ, यो क्रियटर कति 'मूर्ख' होला वा यसले कस्तो 'अश्लील' कुरा गरेको होला ! तपाईं आफ्नो रिस थाम्नै सक्नुहुन्न र तत्कालै एउटा कडा गालीगलौजपूर्ण कमेन्ट लेख्नुहुन्छ । तपाईंलाई लाग्न सक्छ कि तपाईंले उसलाई पाठ सिकाउनुभयो वा उसको गल्ती औंल्याइदिनुभयो । तर वास्तविकता तपाईंले सोचेभन्दा बिल्कुलै उल्टो र रोचक छ ।
तपाईंको त्यही रिस, त्यो गाली र त्यो असन्तुष्टि नै ती कन्टेन्ट क्रियटरका लागि पैसा छाप्ने मसिन बनिरहेको छ । अक्सफोर्ड युनिभर्सिटी प्रेसले सन् २०२५ डिसेम्बरमा रेज बेट (Rage Bait) शब्दलाई वर्ड अफ द इयर (वर्ष शब्द) घोषणा गरेको थियो । जसको अर्थ हो- मानिसहरूलाई जानाजानी रिस उठाउने वा नकारात्मक प्रतिक्रिया दिन बाध्य पार्ने गरी बनाइएको सामग्री । आजको डिजिटल युगमा तपाईंले व्यक्त गरेको 'घृणा' कुनै अप्रिय चिज होइन, यो त सोसल मिडिया प्लेटफर्म र क्रियटरहरूका लागि सबैभन्दा भरपर्दो उत्पादन (Product) बनिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)