मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सांस्कृतिक उत्सवहरूको शुभकामना !

ekantipur.com · Tue Oct 25 01:20:08 GMT 2022

मनसुन ढिला बाहिरिएकाले यसपालि शारदीय मौसमको माहोल बल्ल देखिन थालेको छ । यही उल्लासमय वातावरणमा हामी नेपालीहरू देशकै दोस्रो ठूलो पर्व तिहारमा रमाइरहेका छौं । दुई साताअघि दसैं मनाएका नेपालीको घरआँगनमा अहिले एकपछि अर्को पर्व र उत्सव आइरहेका छन्, जसले यो यामलाई नै विशेष बनाइरहेका छन् ।

तिहारका अतिरिक्त, बुधबार म्हपूजा र नेपाल संवत्को नयाँ वर्षारम्भ मनाइन्छ भने आगामी आइतबार छठ पर्व । यही कारण, यति बेला सबै नेपालीका घरआँगनमा उल्लासको माहोल छ, देश पूरै पर्वमय छ । प्रकृति र मानव सभ्यताको समृद्ध सहयात्राका उपजका रूपमा रहेका यी महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमा नेपालीहरू झुमिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)