धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
lokaantar.com

खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन तथा बजारमा हुनसक्ने अनियमितता रोक्न रसुवाको धुन्चे बजारमा आकस्मिक अनुगमन गरिएको छ।
जिल्ला बजार अनुगमन समितिले शनिबार साँझ गोसाइँकुण्ड गाउँपालिका–६ स्थित धुन्चे बजारमा विशेष अनुगमन गरेको हो। स्थानीयले बजारमा ग्यास अभाव देखाएर लुकाइछिपाइ राखिएको गुनासो गरेपछि समिति, नेपाल प्रहरी र स्थानीय प्रशासनको सहभागितामा अनुगमन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)