मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

स्मार्ट लाइसेन्स पढ्ने मेसिन हस्तान्तरण

gorkhapatraonline.com · Thu Oct 20 00:53:20 GMT 2022

काठमाडौँ, कात्तिक ३ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) जाँच गर्न दुई सय थान लाइसेन्सको विवरण पढ्ने मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ। मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने भएकाले जाँचमा सहज हुने विभागले जनाएको छ।

एसियाली विकास बैङ्कको अनुदान सहयोगमा विभागको सूचना तथा सञ्चार प्रविधि आयोजनाअन्तर्गत ८४ लाख १८ हजार ६९६ रुपियाँ बराबरको दुई सय थान स्मार्ट कार्ड रिडर र दुई सय थान स्याम कार्ड (एक प्रकारको सीम कार्ड) प्राप्त गरी प्रहरीलाई बुधबार हस्तान्तरण गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)