कार्यसमितिकाे बैठकमा विराेध हुँदाहुँदै किरण राणालाई खेलाडी छनाैट समिती सदस्यमा नियुक्त
neplays.com · Fri Apr 16 17:53:39 GMT 2021
नेपाल क्रिकेट संघ क्यानले संघले पूर्व सदस्य किरण राणालाई संघमा नयाँ जिम्मेवारी दिएको छ । क्यान निलम्बनमा पर्नु अगाडी कार्यसमितीको सदस्य रहेका राणामाथि जापानमा खेलाडी भगाउन सहयोग गरेको आरोप लागेको थियो । यसका साथै २०७५ र ७६ को अडिट रिपोर्टमा उनको नाममा बेरुजु रकमपनि बाँकी देखिएको थियो भने २०७७–७८ को अडिटमा उल्टो क्यानबाट रकम लिनुपर्ने देखाइएको छ ।
तर बुझिए अनुसार राणाले २०७५–७६ को अडिटका बेला पेश्की फच्र्योट गर्नका लागि बिल बुझाएका थिए । जबकी उनको पेश्की बर्षोदेखिको रहेको थियो र परिषद्को नियम अनुसार एक बर्षभन्दा बढि कुनैपनि ब्यक्तिको पेश्की बाँकी देखिएमा १० प्रतिशत जरिवानासहित तिर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)