नदी कटानले खेत बगरमा परिणत
gorkhapatraonline.com · Sun Oct 11 03:51:04 GMT 2026

बबई नदीको निरन्तर कटानका कारण बर्दियाको बारबर्दिया नगरपालिकाभित्रको जब्दीक्षेत्रमा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । नदीले यस वर्ष उत्तरतर्फ धार परिवर्तन गरेर कटान तीव्र बनाएपछि स्थानीय किसानको जमिन जोखिममा परेको छ । विगतको कटानले खेत बगरमा परिणत भइसकेको छ ।
गुलरिया र बारबर्दिया नगरपालिकाको बिचबाट बग्ने बबई नदीले जब्दी पुलदेखि पश्चिमतर्फको क्षेत्रमा कटान गरिरहेको छ । नदीको कटानका कारण खेतबारी बग्नुका साथै सडकसम्म नदी पुगेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । विगतका वर्षमा पनि निरन्तर कटान हुँदै आएको यहाँ यस वर्ष नदीले धार परिवर्तन गरेपछि थप क्षति हुन पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)