साउदीको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको हुथी विद्रोहीको दाबी
barnanmedia.com · Sun Aug 09 14:28:15 GMT 2026

साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्र (रिफाइनरी) मा ड्रोन आक्रमण गरिएको यमनका हुथी विद्रोहीहरूले आइतबार दाबी गरेका छन्।
साउदी अरबले उक्त रिफाइनरीमा लागेको आगो नियन्त्रणमा आएको जानकारी दिएलगत्तै हुथी समूहले आक्रमणको जिम्मेवारी सार्वजनिक गरेको हो। हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले उत्तरपश्चिमी यमनमा साउदी ड्रोनको घुसपैठको जवाफस्वरूप जिजानस्थित साउदी आरामको रिफाइनरीलाई ड्रोनमार्फत लक्षित गरिएको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)