मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रारामा पर्यटक आगमन घट्यो

gorkhapatraonline.com · Sun Oct 11 04:13:48 GMT 2026

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आउने पर्यटकको सङ्ख्या घटेको छ । नाग्म–गमगढी सडक अन्तर्गत झ्यारीखोलामा सडक स्तरोन्नति नहुँदा र यातायात असहज बनेपछि भदौ र असोज महिनामा रारा आउने पर्यटकको सङ्ख्या घटेको हो ।

रारा पुग्ने प्रमुख सडक लामो समयदेखि जीर्ण रहँदा आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको अवस्था सुधार नहुँदा गत वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन घटेको डाँफे होटेलकी सञ्चालक पुनिकला बमले बताउनुभयो । उहाँका अनुसार गत वर्ष भदौ र असोज महिनामा होटेलका कोठा बुकिङका लागि अग्रिम जानकारी आउने गरेको थियो । यस वर्ष असोजको अन्तिम सातासम्म पनि पर्यटकको आगमन अपेक्षाकृत हुन नसकेको उहाँले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)