मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

८ सय ५२ किलोमिटर पार गरेर आज गण्डकी पस्दै एमालेको ‘संकल्प यात्रा’

shilapatra.com · Wed Dec 06 01:07:00 GMT 2023

नेकपा एमालेले ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित मध्यपहाडी लोकमार्गअन्तर्गत बैतडीको झुलाघाटदेखि सुरु गरेको यात्रा आज गण्डकी प्रदेश प्रवेश गर्दैछ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज बिहान साढे ८ बजे लुम्बिनी प्रदेशको रूकुम पूर्व र गण्डकी प्रदेशको बागलुङको सीमाना पातिहाल्ने आउँदै छ ।

गण्डकी प्रदेश आइपुग्दासम्म यो टोलीले ८ सय ५२ किलोमिटर यात्रा गरिसकेको हुनेछ । संकल्प यात्राको टोलीले गण्डकीमा तीन रात बिताउने छ । आज दिनभर झीवाखोला, बुर्तिबाङ, बडिगाड, बामी टक्सारलगायत ठाउँमा सभा र भेटघाट गरेर यो टोली राति गलकोटमा बास बस्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)