मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसको दुई दिने भ्रमण पछि मोदी पुगेअस्ट्रिया

barnanmedia.com · Wed Jul 10 22:12:50 UTC 2024

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रूसको दुई दिने भ्रमण समाप्त गर्दै बुधबार अस्ट्रिया पुगेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अस्ट्रियाको भ्रमण गरेका हुन् । सन् १९८३ मा इन्दिरा गान्धी अष्ट्रियाको भ्रमण गरेका थिए । यसअघि उनी नै भारतबाट अष्ट्रिया भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री थिए ।प्रधानमन्त्री मोदीले भियनामा अवतरण गरेको घोषणा गर्दै सामाजिक सञ्जाल एक्समा यो यात्रा ‘विशेष’ रहेको बताएका छन् ।यसबाहेक, प्रधानमन्त्री मोदीले अस्ट्रियाका चान्सलर कार्ल नेहम्मर र अस्ट्रियामा बसोबास गर्ने भारतीय समुदायसँग उच्चस्तरीय वार्ता र अन्तरक्रियासहित आफ्नो भ्रमणको क्रममा आयोजना गरिएका विभिन्न कार्यक्रमहरूप्रति उत्साह व्यक्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)