नवरात्र प्रारम्भः खुल्यो त्रिशूली मन्दिर
nagariknews.nagariknetwork.com · Sun Oct 11 04:07:22 GMT 2026

शारदीय नवरात्र प्रारम्भसँगै जलेश्वरस्थित त्रिशूली देवीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ। यो मन्दिर शारदीय र वासन्तीय नवरात्रमा मात्र खोलिने परम्परा छ।
मन्दिरमा शास्त्रोक्त विधिले आज घटस्थापना गरिने र विजया दशमीसम्म यो मन्दिर खुला रहने छ। शारदीय नवरात्रमा १० दिन खोलिए पनि चैत शुक्लपक्षको वासन्ती नवरात्रमा भने प्रतिपदादेखि नवमीको मध्यरातसम्ममात्र खोलिने गरेको जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)