गुल्मी अस्पतालको ठेक्का तोडन मन्त्री लम्सालको निर्देशन
nepaltvonline.com · Sun Aug 09 14:51:36 GMT 2026
गुल्ली- भौतिक पुर्वाधार तथा यातायात भन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा उहाँले लामो समय सम्म पनि निर्माण व्यवसायीले काम नसकेको भन्दै ठेक्का तोड्न स्थलगत निर्देशन दिनु भएको छ ।
२ वर्षमा बन्नु पर्ने अस्पताल पाँच वर्ष सम्म पनि नबनेको भन्दै उहाँले तत्काल ठेक्का तोडन निर्देशन दिनु भएको हो । गुल्मी अस्पताल २०७८ असार १८ गते स्वछन्द जेभि बानिया कम्पनीले २०८० असार १७ सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । अस्पतालको लागत रकम २५ करोड ९५ लाख ६४ हजार रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)