सत्ताच्यूतपछि विपक्षी गठबन्धनको नेता बन्ने सुरमा प्रचण्ड
barnanmedia.com · Wed Jul 10 22:19:16 UTC 2024

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड १९ महिनापछि सत्ताबाहिर आउँदैछन्। ०७९ को आमनिर्वाचनमा माओवादी ३२ सिटसहित तेस्रो दलमा खुम्चिएपनि प्रचण्ड निरन्तर प्रधानमन्त्री बनिरहे। उनी सुरुमा एमाले र त्यसपछि कांग्रेस अनि पछिल्लो पटक एमालेको सहयोगमा १९ महिनादेखि प्रधानमन्त्रीको कुर्सीमा थिए।
अहिले आएर कांग्रेस र एमाले एक भएपछि प्रचण्ड सत्ताबाहिर जाँदैछन्। उनी २८ असारमा विश्वासको मत लिँदैछन्। तर, उनले विश्वासको मत पाउने सम्भावना छैन।प्रचण्ड भने अब विपक्षी गठबन्धनको नेता बन्ने सुरमा छन्। कांग्रेससँगको गठबन्धनको हुँदा प्रचण्डले ५४ सीटसहितको समाजवादी मोर्चा घोषणा गरेका थिए। जसमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी थिए। सुरुमा यो मोर्चाको नेता माधवकुमार नेपाल थिए। पछि विप्लव संयोजक चुनाएका थिए। तर, पछिल्लो पटक मोर्चा निस्क्रिय थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)