हिरा सोनीको नेतृत्वमा ‘रुपन्देही सेफ सोसाइटी’ गठन
baahrakhari.com · Sun Aug 09 15:00:09 GMT 2026

बुटवल । रुपन्देहीमा विभिन्न होटेल, रेष्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरू संगठित भएका छन् । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका सेफहरूलाई एकजुट गर्दै आइतबार ‘रुपन्देही सेफ सोसाइटी’ गठन गरिएको हो ।
आइतबार बुटवलमा भएको सेफहरूको भेलाले हिरा सोनीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सोसाइटीको उपाध्यक्षमा कृष्ण तिवारी, सचिवमा सन्द्रीप बयम्बु, सहसचिवमा यादव पराजुली र कोषाध्यक्षमा विष्णु कुँवर चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)