एकदिवसिय जोगाउने महत्वपूर्ण सिरिज : नेपाल र क्यानडा भिड्दै
arthasansar.com · Sun Oct 11 04:33:20 GMT 2026
आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार मध्यान्ह पौने १२ बजेदेखि शुरु हुनेछ । नेपालले शृंखलामा क्यानडा र ओमानसँग गरी समान दुई/दुई खेल खेल्नेछ ।
यसमध्ये तीन खेलमा जित निकाल्न सकेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ । चारमध्ये कम्तीमा तीन खेल जिते नेपाल शीर्ष ६ भित्र पर्दै एकदिवसीय मान्यता सुरक्षित हुन सक्छ । लिग–२ अन्तर्गतको खेलमा ओमानले क्यानडालाई हराएसँगै नेपाल शीर्ष–४ मा पर्ने सम्भावना सकिएको थियो । योसँगै नेपालले अब प्लेअफ खेल्नेछ । नेपालले सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । लिग–२ अंकतालिकामा ओमानको २९ खेलबाट ३३ अंक भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)