मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

औल झर्दै भेडीगोठ

barnanmedia.com · Sun Oct 11 04:29:07 GMT 2026

बाजुराको पूर्वी भेगको लेकमा रहेका भेडीगोठ औल झर्न थालेका छन् । हिमाली भेगमा चिसो बढेसँगै भेडीगोठ बिस्तारै औलबेँसी झर्न थालेका हुन् । चिसोको समय भेडीगोठलाई औल सार्ने र गर्मीयामको समय फेरि त्यहाँ तातो बढेसँगै भेडीगोठ लेकमा लैजाने प्रचलन छ । चिसोमा भेडालाई चरिचरन गर्न समस्या हुने भएपछि अहिले ती भेडीगोठ औल सार्ने गरेको स्थानीय रामबहादुर रोकायाले बताउनुभयो । “हिउँदको महिना औलबेँसीतिर न्यानो हुने भएकाले त्यहाँ चरिचरन गर्न सहज हुन्छ । चैत वैशाखको महिना फेरि औलबेँसीमा गर्मी हुने भएपछि ती भेडीगोठलाई लेकमै फर्काउने गर्छौं,” उहाँले भन्नुभयो ।

“हाम्रा पुस्ताले घर घरमा नुन, तेल, चामललगायतका दैनिक उपभोग्य सामग्रीको व्यापार गर्थे । अहिले त्यो सबै सामग्री गाडीमा पुग्ने गरेकाले हामीलाई व्यवसायका लागि नभई भेडाबाख्रा पालनपोषण गर्नका लागि मात्र भेडीगोठ औलतिर लाने गर्छौं,” उहाँले भन्नुभयो । बाजुरामा ६७३ घरपरिवारको करिब ४२ हजार भेडा रहेका बुढीनन्दा नगरपालिकाका पशु प्राविधिक भरतराज जोशीले बताउनुभयो । “हिमालीको १३८ परिवारका छ हजार, स्वामीकार्तिकको ११५ परिवारका आठ हजार, जगन्नाथको १२० परिवारका सात हजार २९ र बुढीनन्दाको तीन सय परिवारका करिब २० हजार भेडाबाख्रा छन्,”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)