बूढीगण्डकी बाढी : चार सय वर्ष पुरानो आरुघाट बजारको अस्तित्व धरापमा
nagariknews.nagariknetwork.com · Sun Oct 11 04:30:17 GMT 2026

बूढीगण्डकी बाढीले गोरखाको आरुघाट गाउँपालिकास्थित आरुघाट र सोती क्षेत्रका दुईवटा मोटरेबल पुल बगाएको छ। गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीका कारण करिब चार सय वर्ष पुरानो आरुघाट बजारको अस्तित्व नै धरापमा परेको छ।
बाढीले आरुघाट र सोतीका मोटरेबल पुलसँगै अन्य संरचनामा समेत क्षति पुर्याएको अध्यक्ष गुरुङले जानकारी दिए।आरुघाट बजार क्षेत्रका घरहरू डुबानको जोखिममा परेपछि स्थानीय बासिन्दा घर छाडेर सुरक्षित स्थानमा गएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)