मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुगुका २० विपन्न दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण

annapurnapost.com · Sun Oct 11 04:42:23 GMT 2026

वीरेन्द्रनगर : मानव अधिकार तथा शान्ति समाजले मुगुका १० विद्यालयमा अध्ययनरत दलित समुदायका विपन्न २० जना बालिकालाई दुई लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । समाजले प्रत्येक बालिकालाई १० हजार रुपैयाँका दरले कुल दुई लाख रुपैयाँ छात्रवृत्ति वितरण गरेको हो ।

मानव अधिकार तथा शान्ति समाज मुगु शाखाको जिल्ला साधारणसभाका अवसरमा छात्रवृत्ति वितरण गरिएको हो। मुगु शाखाका सभापति चित्रबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले ती बालिकाहरूलाई छात्रवृत्ति हस्तान्तरण गरे । कार्यक्रममा समाजका सुर्खेत शाखाका सभापति एसआर पाण्डे, सचिव रेशमबहादुर भण्डारीलगायतले समाजको जलवायु न्याय तथा सद्भाव प्रवर्द्धन अभियानबारे जानकारी गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)