मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीको फराकिलो जित, हेन्डरसन र पेड्रोको २ गाेल

arthasansar.com · Sun Oct 11 04:51:38 GMT 2026

जोर्डन हेन्डरसन र जोआओ पेड्रोको समान २ गोलको मद्दतमा चेल्सीले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई ५-१ ले पराजित गरेको छ। स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सुरुवाती तीन मिनेटभित्रै दुई गोल गर्दै बलियो पकड बनाएको थियो। हेन्डरसनले दोस्रो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। त्यसको केही समयपछि मोर्गन रोजर्सले गोल थपे।

दोस्रो हाफमा पेड्रोले २ गोल गरेपछि चेल्सीको जित सहज बन्यो। बर्नमाउथका इभानिल्सनले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन। खेल सकिन २० मिनेट बाँकी छँदा हेन्डरसनले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको पाँचौं गोल पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)