मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प–सी भेटअघि चीनको ‘स्थिरता’ सन्देश

barnanmedia.com · Mon May 11 21:25:00 GMT 2026

अमेरिका र चीनबीच व्यापार, ताइवान र मध्यपूर्व युद्धजस्ता संवेदनशील विषयमा तनाव चर्किरहेका बेला बेइजिङले वासिङ्टनसँग ‘थप स्थिरता र निश्चितता’ निर्माण गर्न सहकार्य गर्न तयार रहेको जनाएको छ । यही क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमण गर्ने औपचारिक पुष्टि भएको छ । सन् २०१७ पछि कुनै पनि अमेरिकी राष्ट्रपतिले चीनको भ्रमण गर्न लागेको यो पहिलो अवसर हुनेछ ।

चीनको विदेश मन्त्रालयले ट्रम्पको भ्रमण बुधबारदेखि शुक्रबारसम्म हुने जानकारी दिएको छ । ह्वाइट हाउसले केही साताअघि नै भ्रमणको घोषणा गरिसकेको भए पनि बेइजिङले सोमबार त्यसको औपचारिक पुष्टि गरेको हो । सुरुमा मार्चको अन्त्य वा अप्रिलको प्रारम्भमा तय गरिएको भ्रमण अमेरिका–इजरायल र इरानबीच विकसित युद्धस्थितिका कारण पछि सारिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)