शेयर बजार वृद्धिदर ज्यादै न्यून
abhiyandaily.com
मौद्रिक नीतिले यसको वृद्धि रोक्नु जरुरी छैन
बढ्दो आयात र अनौपचारिक अर्थतन्त्र र वैदेशिक मुद्राको सञ्चितिमा आएको कमीका कारण बजारमा देखिएको तरलता संकट र ब्याजदरमा आएको वृद्धिले गर्दा पूँजी बजारमा समेत शिथिलता देखिन पुगेको छ.। मौद्रिक नीति तथा विभिन्न समयमा जारी निर्देशन (कर्जाको सीमा, कर्जा जोखिम भार र बैंक वित्तीय संस्थाहरूले दोस्रो बजारमा गर्ने लगानी – ४।१२, १५० प्रतिशत जोखिम भार, न्यूनतम १ वर्षको धारण अवधि र माइक्रोफाइनान्सले क्रश होल्डिङ हटाउने व्यवस्था) आदिले पूँजी बजारलाई थप समस्यामा पारेको देखिन्छ । त्यस्तै धितोपत्र बोर्डबाट चालिएका केही असैद्धान्तिक कदमहरू र जिम्मेवारी पदमा आसीन व्यक्तिहरूले दिएका अपरिपक्व अभिव्यक्तिहरूका कारण बजार बुल रनको माथिल्लो बिन्दुबाट करीब १० महीनाको अवधिमा ४४ प्रतिशतसम्मले घटेको पाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)