बूढीगण्डकी बाढीः छ वटा पुल बगे, दश जना सम्पर्कविहीन
canadanepal.com · Sun Oct 11 05:04:59 GMT 2026

गोरखा - बूढीगण्डकी नदीमा आएको बाढीले गोरखामा दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे गरी छवटा पुल बगाएको छ । बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगाएको छ । त्यस्तै, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)