तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड क्वाटरफाइनलमा
baahrakhari.com · Tue Jun 29 17:55:00 GMT 2021
काठमाडौं । तीन पटकको युरोकप च्याम्पियन जर्मनीलाई स्तब्ध पार्दै इङ्ल्यान्ड १६ औँ संस्करणको युरोकप फुटबल क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इङ्ल्यान्डले जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङ र ह्यारी केनले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इङ्ल्यान्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)