बूढीगण्डकी बाढी : छवटा पुल बगे, १० जना सम्पर्कविहीन
nepalviews.com · Sun Oct 11 05:08:05 GMT 2026

गोरखा । बूढीगण्डकी बाढीले छवटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीनभएका छन् । बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले राससलाई बताए ।
उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र ३ जोड्ने बेलिब्रिज पनि बगाएको छ । यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)