पिलुवा सबस्टेसनमा प्राविधिक समस्या, काठमाडौंसहित विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध
baahrakhari.com · Sun Aug 09 15:42:40 GMT 2026

काठमाडौं । पिलुवा सबस्टेसनमा नयाँ १३२/३३ केभी, १०० एमभीए पावर ट्रान्सफर्मर जडान गर्ने क्रममा १३२ केभी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको छ । जसका कारण काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा केही समय विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
साँझको समयमा ट्रान्सफर्मर जडानसम्बन्धी काम भइरहेको अवस्थामा लाइट जडान गर्ने क्रममा १३२ केभी साइडमा तार पर्न गई प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)