आठ देशका लागि सिफारिस राजदूत संसदीय सुनुवाइमा गएन
rajdhanidaily.com · Wed Jul 10 23:14:58 UTC 2024

काठमाडौं । सत्ता समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारले आठ देशका लागि सिफारिस गरेका राजदूतको नाम सबै हेरफेर हुने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकै सल्लाहमा गत २४ जेठमा प्रधानमन्त्री प्रचण्डले अमेरिका, भारतलगायत ११ देशका राजदूतको कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने निर्णय गरेका थिए । लगतै गत ७ असारमा विभिन्न आठ देशका लागि नयाँ राजदूतको नाम सिफारिस भएको थियो । तर, सरकार अल्पमतमा परेपछि राजदूतमा सिफारिस भएका आठ जनाको नाम संसदीय सुनुवाइमा पठाउन सकेन । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगतै प्रचण्ड नेतृत्वको सरकारले राजदूतमा सिफारिस भएका नाम संसदीय सुनुवाइमा पठाएन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)