कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना, यस्ता उम्मेदवारले प्रतिनिधि राख्न नपाउने
nagariknews.nagariknetwork.com · Sun Oct 11 04:56:35 GMT 2026

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ। उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु हुने भएको छ। त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र केन्द्रीय सदस्य (आदिवासी जनजाति महिला) पदको मतगणना सुरु हुने समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)