'बुढीगण्डकी बाढी प्रभावित जगतबाट ६ जनाको हवाई उद्धार गरियो' : प्रधानमन्त्री शाह
corporatenepal.com · Sun Oct 11 05:06:24 GMT 2026

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट ६ जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको जानकारी दिएका हुन् ।
उनका अनुसार बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौंमा रहेको संयुक्त द्रूत प्रतिक्रिया टोलीसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा खटाइएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)