बूढीगण्डकी बाढीको असर तनहुँतर्फ फैलिन सक्ने, आँबुखैरेनी र देवघाट क्षेत्र उच्च जोखिममा
hamrakura.com · Sun Oct 11 00:00:00 GMT 2026

काठमाडौँ। उत्तरी गोरखामा बूढीगण्डकी नदी थुनिएर आएको भीषण बाढी तल्लो क्षेत्र हुँदै तनहुँ जिल्लातर्फ आउने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले पूर्वसतर्कता र तयारी तीव्र बनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणलाई पूर्वसूचना दिई सचेत गराइएको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार बिहानैदेखि जिल्लाको सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन गरी सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी चुस्त बनाइएको छ। नदी किनारका स्थानीय बासिन्दालाई सजग रहन प्रहरीमार्फत माइकिङ भइरहेको छ भने जनप्रतिनिधिहरूमार्फत पनि निरन्तर सूचना प्रवाह भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)