दुईवटा झोलुङ्गे र दुईवटा मोटरेबल पुल बग्यो, ५ जना सम्पर्कविहीन
ratopati.com · Sun Oct 11 05:22:36 GMT 2026

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङको बीचमा हिमपहिरो जाँदा त्यहाँबाट बग्ने बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । आइतबार बिहान सिरिङ्गे हिमालमा हिमपहिरो गएर स्थानीय उइनगुलुङ खोला र बुढीगण्डकी थुनिएर बनेको ड्याम खुलेपछि बहाव बढेको हो ।
बुढीगण्डकीको बाढीले अहिलेसम्म गोरखामा दुईवटा झोलुङ्गे पुल र दुईवटा मोटरेबल पुल बगाएको छ । चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा रहेका सिर्दिबास जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । धार्चे गाउँपालिका वडा नम्बर–५ स्थित केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका वडा नम्बर–९ मा रहेको मोटरेबल पुलको एउटा भाग बाढीले भत्काएको जिल्ला प्रहरी कार्यालय गोरखाका इन्स्पेक्टर आकाश कँडेलले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)