पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा नेपालको होरा ईस्पोर्ट्स
ratopati.com · Sun Aug 09 15:57:50 GMT 2026
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनाले (फाइनल) मा नेपालको प्रतिनिधि टोली होरा ईस्पोर्ट्स सोझै प्रवेश गरेको छ । समूह ‘बी’ को खेलमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष ५ भित्र पर्न सफल भएपछि होराले फाइनलमा स्थान पक्का गरेको हो ।
आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलपछि होराले एक ‘चिकेन डिनर’ सहित कुल ९८ अंक जोडेर चौथो स्थानमा रहेर यात्रा टुङ्ग्यायो । पहिलो दिन ५९ अंकका साथ तेस्रो स्थानमा रहेको होराले दोस्रो दिन ३९ अंक थपेको थियो । समग्र प्रतियोगितामा टोलीले ६१ किल्स र ३७ प्लेसमेन्ट पोइन्ट प्राप्त गर्यो । समूह चरणमा चौथो भएसँगै होराले ५७ हजार ५०० अमेरिकी डलर पुरस्कारसमेत पक्का गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)