मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

उकालो चढ्दै डेंगी

ekantipur.com · Wed Jul 10 23:22:40 UTC 2024

काठमाडौँ — एक दशकअघिसम्म मनसुनपछि छिटपुट मात्र देखिने डेंगी अहिले मुलुकका ७७ जिल्लामै फैलिसकेको छ । वर्षभर नै देखिन थालेको डेंगी देशको कीटजन्य रोगको पहिलो सूचीमा परिसकेको छ भने संक्रमणको वृद्धिदर पनि तीव्र छ । असार मध्यसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ जिल्लामा डेंगीका संक्रमित भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पुसयता देशभर १ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ, जसमा काठमाडौंमा सर्वाधिक १ सय ६५ जना, झापामा १ सय २३ र चितवनमा ८६ जनामा पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)